दोस्रो बुढानीलकण्ठ नगर खेलकुद शिल्ड हुने

काठमाडौँ, वैशाख ८ गते।

दोस्रो बुढानीलकण्ठ नगर खेलकुद शिल्ड-२०८३ आयोजना हुने भएको छ। बुढानीलकण्ठ नगरपालिकाको खेलकुद विकास बोर्डको आयोजनामा यहि वैशाख ११, १२ र १३ गते गते प्रतियोगिता हुने भएको हो।

स्थानीय खेलाडीलाई प्रोत्साहन गर्दै खेलकुद क्षेत्रको समग्र विकास र प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको अयोजकले जनाएको छ। प्रतियोगितामा नगरपालिकाभित्रका १३ वटै वडाबाट खेलाडीहरूको उत्साहजनक सहभागिता रहने अपेक्षा गरिएको छ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीलाई नगद पुरस्कार प्रदान गरिने छ। साथै प्रतियोगिताको आकर्षणको रुपमा रहेको रनिङ ट्रफी लगातार तीन पटक जित्ने टोलीलाई स्थायी रुपमा प्रदान गरिने छ।

यस प्रतियोगिताले स्थानीय खेलाडीलाई प्रोत्साहन गर्नुका साथै नगरभित्र खेलकुदको वातावरण सुदृढ बनाउने आयोजकले बताएको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ