मोनाङ्क पटेलको कप्तानीमा १ जुनदेखि २९ जुनसम्म वेष्ट इण्डिज र अमेरिकामा सञ्चालन हुने आईसीसी पुरुष टी २० विश्वकप क्रिकेटका लागि आयोजक राष्ट्र संयुक्त राज्य अमेरिकाले १५ सदस्यीय टोलीको घोषणा गरेको छ।
अमेरिकि टोलीमा भारत, पाकिस्तान, न्यूजील्याण्ड र अमेरिकि खेलाडीहरुको समिश्रण रहेको छ । अमेरिकि टोलीमा मोनाङक पटेल (कप्तान, विकेट किपर), आरोन जोन्स (उप–कप्तान), एन्ड्रीज गोस, कोरी एन्डरसन, अली खान, हरमीत सिंह, जेसी सिंह, मिलिन्द कुमार, निसर्ग पटेल, नीतिश कुमार, नोशतुश केनजिगे, सौरभ नेत्रावलकर, शैडली वान शल्कविक, स्टीवन टेलर र सायन जहाङ्गीर रहेका छन् ।
