राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले सेवा निवृत भएका कर्मचारी गोपाल श्रेष्ठलाई आइतबार बिदाई गरेको छ ।
प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्ल, कर्मचारी संघकी अध्यक्ष सरस्वती केसी, महासचिव कुमार बस्नेतलगायतले श्रेष्ठलाई प्रशंसा पत्र प्रदान गर्दै एक कार्यक्रमबीच बिदाई गरेका छन्।

यहि बैशाख १२ गते ५८ वर्षे उमेर हदका कारण श्रेष्ठले अनिवार्य अवकाश प्राप्त गरेका थिए । सहायक द्वितीय श्रेष्ठ अवकाश हुनुअघि राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, लैनचौरमा कार्यरत थिए ।
