लियोनल मेस्सीले ५ गोलमा एसिस्ट र लुइस सुआरेजले ह्याट्रिक पूरा गरेपछि अमेरिकन लिग मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामीले न्युयोर्क आरबीलाई आइतबार ६–२ ले हराएको छ ।
खेलको ३० औं मिनेटमा डेन्टी भन्जिरले गोल गर्दै न्युयोर्कलाई अग्रता दिलाएको थियो भने ४८ औं मिनेटमा मेस्सीको पासलाई माटियस रोजसले बराबरी गोल गर्दा ५० औं मिनेटमा सुआरेजको पासमा मेस्सीले गोल गरेपछि मियामी अघि बढेको थियो। रोजसले पुन ६२ औं मिनेटमा मेस्सीकै पासमा गोल गर्दा सुआरेजले लगातार ६८ औं, ७५ औं र ८१ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए।
