नेपाली बास्केटबल टोली चीन जाँदै

बोर्डर सिङफु भिलेज स्पोर्टस् कार्निभलअन्तर्गत पुरुष थ्रि बाइ थ्रि बास्केटबलमा नेपालले प्रतिस्पर्धा गर्ने भएको छ ।

प्रतियोगितामा सहभागी हुन ४ खेलाडी सहित ५ सदस्यीय टोली बिहीबार चीनको युनान् प्रस्थान गर्ने भएको छ । नेपाली टोलीको कप्तानी विजय बुर्जाले गर्नेछन् भने अन्य खेलाडीमा निकेश मगर, मनीष केसी र निश्चल महर्जन छन् । टोलीको प्रशिक्षकमा सुशील गुरुङ छन् ।बुधबारदेखि सुरु भइसकेको प्रतियोगिता एक साता चल्नेछ । नेपालको खेल शुक्रबारदेखि हुनेछ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ