कमल परेनन् नेपालको टोलीमा

वेष्टइण्डिज एविरुद्ध घरेलु मैदानमा हुने पाँच टी–२० खेलको सिरिज खेल्ने नेपाल टोलीको घोषणा भएको छ । एससीसी प्रिमियर कप खेलेको टोलीले निरन्तरता पाउँदा थप दुई खेलाडी मात्र टिममा थपिएका छन् ।

तर तीव्र गतिका बलर कमलसिंह ऐरी भने टिममा अटाउन सकेनन् । अघिल्लो महिना आयरल्याण्ड एसँगको खेलबाट क्रिकेटमा पुनरागमन गरेका कमलले राम्रो प्रभाव छाडेका थिए । नेपालको तीव्र गतिको बलरमा सोमपाल कामी, करण केसी, अभिनाश बोहरा र प्रतिश जिसी टोलीमा छन् । पार्टटाइम बलरका रुपमा गुल्सन झा र विवेक यादव छन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ