पिएसजी को फ्रेन्च लिग वानमा सानदार जित

  केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ ।

पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल औसमाने डेम्बेलेले गरे । लोरिएन्टका मोहम्मेद बाम्बाले एक गोल फर्काए । ६०औं मिनेटमा एमबाप्पेको पासमा डेम्वेलेको व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गर्दै पिएसजीलाई सहज जिततर्फ अघि बढाए । ७३औं मिनेटमा मोहम्मेद बाम्बाले गोल गर्दै खेललाई ३–२ को स्थितिमा ल्याए ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ