नेपालको दोस्रो जित : माल्दिभ्सलाई सोझो सेटमा पराजित

काभा महिला U-19 भलिबल च्याम्पियनशिपमा नेपालको शानदार प्रदर्शन

काठमाडौँ,कात्तिक २० गते।
श्रीलङ्कामा जारी काभा (CAVA) महिला १९ वर्षमुनिको भलिबल च्याम्पियनशिपमा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ।

कोलम्बोस्थित सुगाथादासा स्पोर्ट्स कम्प्लेक्समा आज सम्पन्न लिग चरणको अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई सोझो सेटमा ३–० ले पराजित गरेको हो। नेपालले माल्दिभ्समाथि २५–७, २५–१० र २५–११ को स्पष्ट जित निकाल्दै सेमिफाइनल प्रवेश सुनिश्चित गरेको छ।

यसअघि दोस्रो खेलमा नेपालले घरेलु टोली श्रीलङ्कालाई हराएको थियो भने पहिलो खेलमा किर्गिस्तानसँग पराजित भएको थियो। लगातार दुई जितपछि नेपालको मनोबल उच्च बनेको छ।

चार टोली सहभागी प्रतियोगितामा राउन्ड–रोबिन लिगपछि शीर्ष चार टोलीबीच सेमिफाइनल चरण खेलाइनेछ। अङ्क तालिकाको शीर्ष टोली चौथोसँग र दोस्रो टोली तेस्रोसँग भिड्नेछ। फाइनल र तेस्रो स्थानका लागि खेल कात्तिक २३ गते हुने कार्यक्रम छ।

नेपालले अहिलेको प्रदर्शन निरन्तर राखे फाइनलमा स्थान सुरक्षित गर्ने सम्भावना बलियो रहेको खेल विश्लेषकहरूले बताएका छन्।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ