काठमाडौं असार ९ गते ।
नेपाल ओलम्पिक समिति (एनओसी) ले आज ललितपुरको सातदोबाटोस्थित एनओसी भवनमा ओलम्पिक दिवस २०२६ समारोह सफलतापूर्वक सम्पन्न गरेको छ।
विश्वव्यापी खेलकुद, फिटनेस र ओलम्पिक मूल्यमान्यता प्रवर्द्धन गर्ने एक हप्ता लामो ओलम्पिक दिवस मङ्गलवार सकिएको हो। समापन कार्यक्रममा नेपाल ओलम्पिक समितिका अध्यक्ष जीवन राम श्रेष्ठ र उपाध्यक्ष तथा ओलम्पिक दिवस २०२६ संयोजक अशोक रत्न बज्राचार्यले ओलम्पिक दिवस २०२६ समारोह सफलतापूर्वक सम्पन्न गर्न सहयोग गरेकोमा धन्यवाद दिए।
त्यस्तै कार्यक्रममा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले राष्ट्रिय झन्डा फहराएका थिए भने उपाध्यक्ष तथा कार्यक्रम संयोजक श्री अशोक रत्न बज्राचार्यले आइओसीको झन्डा फहराएका थिए। जुन १८ देखि जुन २३ सम्म, राष्ट्रिय खेलकुद महासङ्घ, विद्यालय, कलेज, प्रि-स्कुल, सामुदायिक संस्थाहरू, साथै नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीद्वारा देशभरि ओलम्पिक दिवस गतिविधिहरू आयोजना गरिएको थियो।
