काठमाडौं असार ९ गते ।
ओलम्पियन उमेश मास्के र क्रिकेटर सन्दीप लामिछाने शरद चन्द्र शाह मेमोरियल फाउण्डेसन स्पोर्ट्स अवार्ड २०२६ बाट सम्मानित भएका छन् ।
शरद चन्द्र शाह मेमोरियल फाउण्डेसनले मंगलबार राजधानीमा अवार्ड कार्यक्रम गर्दै मास्के र लामिछानेलाई नगदसहित सम्मान गरेको हो।
मास्के र लामिछानेलाई सम्मानसहित नगद २ लाख ५० हजार र प्रदान गरिएको हो । शरद चन्द्र शाह मेमोरियल फाउण्डेसनकी अध्यक्ष रेनु शाहले मास्के र लामिछानेलाई अवार्ड प्रदान गरिन् । देश बाहिर रहेका सन्दीपको अवार्ड पूर्व क्रिकेटर किरण राणाले ग्रहण गरेका थिए।
फाउण्डेसनले नेपाली खेलकुदमा योगदान पुर्याएका एक पुराना र एक नयाँ खेलाडीलाईलाई एससीएसएमएफ स्पोर्ट्स अवार्डबाट सम्मान गर्दै आएको छ ।
शरदचन्द्र शाह मेमोरियल फाउन्डेसन स्वर्गीय शरदचन्द्र शाहाको सम्झनामा उनका परिवारहरूद्वारा सन् २०२० नोभेम्बरमा स्थापना गरिएको हो । शरदचन्द्र शाहा नेपाली खेलकुद इतिहासमा प्रमुख परिवर्तन ल्याउने व्यक्तिका रुपमा प्रख्यात छन् । उनी एसियाली ओलम्पिक परिषद्को उपाध्यक्षको रूपमा सेवा गर्ने पहिलो नेपाली पनि हुन् ।
२०३४ देखि २०४५ सालसम्म राष्ट्रिय खेलकुद परिसद (राखेप)को सदस्य सचिव तथा नेपाल ओलम्पिक कमिटिको अध्यक्ष रहेका शाह नेपालको राष्ट्रिय प्रतियोगिता तथा साउथ एशियन गेम्सको योजनाकार मानिन्नछन् ।
