काठमाडौँ असार ८ गते ।
बागमती प्रदेश खेलकुद प्रतियोगिता–२०८३ अन्तर्गत जुडो प्रतियोगिता सोमबार सकिएको छ। सोमबार भएको खेलमा पुरुषतर्फ ६० केजीमा शिव बराइली प्रथम भएका छन् भने बीर बहादुर तामाङ दोस्रो र कान्ति बहादुर खत्री तेस्रो भएका छन्। ६६ केजीमा सुबोध मण्डल पहिलो भएका छन् भने गोकुल डगोल दोस्रो र आर्यन खड्का तेस्रो भएका छन् ।
त्यस्तै ७३ केजीमा प्रमोद तामाङ प्रथम हुँदा भुवन थापा मगर दोस्रो र निलेश बज्राचार्य तेस्रो भएका छन् । ८१ केजीमा सुनिल नगरकोटी पहिलो भएका छन् भने रचित तुलाधर दोस्रो र जनक तामाङ तेस्रो भएका छन् । ९० केजीमा मनोज आचार्य पहिलो भएका छन् भने इलसोन मगर दोस्रो भएका छन् । १०० केजीमा भने जनक कार्की पहिलो हुँदा आकाश आले मगरले दोस्रो र दिवासीस क्षेत्रीले तेस्रो स्थानमा चित बुझाएका छन् ।
त्यसैगरी महिलातर्फ ४८ केजीमा जेनीसा वाइबा पहिलो भएकी छिन् भने सोनिया घले दोस्रो र निशामाया तामाङ तेस्रो भएकी छिन् । ५२ केजीमा मनिता मगर पहिलो हुँदा रोशनी तामाङ दोस्रो र सुकुमाया तामाङ तेस्रो भएकी छिन् । त्यसैगरी ५७ केजीमा सरिसता नापित पहिलो हुँदा काश्भी डगोल दोस्रो र सुनिता मगर तेस्रो भएकी छिन् । ६३ केजीमा रेखा श्रेष्ठ पहिलो हुँदा नदनी अमात्यले दोस्रो र सनिता घलेले तेस्रो स्थानमा चित बुझाएका छन् ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी महिलातर्फ रेनिसा वाइबा र पुरुषतर्फ प्रमोद तामाङ घोषित भएको कार्यक्रम संयोजक धर्मकुमार श्रेष्ठले जानकारी दिए। त्यस्तै विजयी खेलाडीहरूलाई नेपाल जुडो महासङ्घका अध्यक्ष दीपक बज्राचार्य र काठमाडौँ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भाइकृष्ण बलामीले नगर पुरस्कार मेडल र ट्रफि प्रदान गरेका छन् ।
