नेपाल ए ३ रनले बिजयी

नेपाल ए ले तेस्रो टी-२० खेलमा आयरल्याण्ड ए माथि ३ रनको  जित हात पारेको छ । तीन खेलको सिरिज भने नेपालले २-१ ले गुमाएको छ ।

२१४ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड एले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन मात्र बनाएको थियो । आयरल्याण्डका ग्यारेथ डेलानीले ३७ बलमा ५ चौका र ५ छक्कासहित ६८ रन बनाए संगै मोर्गन टोपिङ ३७ बलमा ४ चौका र ४ छक्कासहित ६० रनमा पवन सरार्फबाट लङअनमा क्याच आउट भएका थिय ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ