एरिका गुरुङले अमेरिकाको टेक्ससमा जारी युएसए ओपन अन्तर्राष्ट्रिय करातेको महिला ६८ केजी माथि तौल समूहमा रजत पदक हात पारेकी छिन्।
सोमबार भएको फाइनलमा एरिका अमेरिकी खेलाडी सँग ३-२ ले पराजित भएकी हुन्। त्यसअघि यु २१ महिला ६८ केजी माथि तौल समूहमा भने एरिकाले स्वर्ण पदक जितेकी थिइन् ।
