नेपाल स्पोर्ट्स फेलोसिपले आइतबार महिला राष्ट्रिय फुटबल टोलीलाई सम्मान गरेको छ ।
गत महिना साउदी अरबमा भएको वाफ च्याम्पियनसिपमा दोस्रो हुँदै देशको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा उच्च पारेको भन्दै फेलोसिपले टोलीलाई ७५ हजार र गिफ्ट ह्याम्परले सम्मान गरेको हो। वाफ च्याम्पियनसिप टोलीमा २३ खेलाडी, प्रशिक्षक, व्यवस्थापक, अन्य अफिसियल गरि कुल ३१ जना रहेका थिए ।
