स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार भएको खेलमा बार्सिलोनाले शानदार जित हासिल गरेको छ । क्याम्प नोउमा भएको खेलमा घरेलु टोली बार्सिलोनाले भ्यालेन्सियालाई ७-१ गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनालाई जित दिलाउन फिर्मिन लोपेजले २ तथा फ्याङकी डी जोङ, फेरान टोरेस, राफिन्हा र रोबर्ट लेवान्डोवस्कीले १-१ गर्दा १ गोल भने आत्मघाती उपहार पाएको हो । भ्यालेन्सियाका लागि ह्युगो डुरोले सान्त्वना १ गोल फर्काए ।
जितसँगै २१ खेलबा ४२ अंक जोडेको बार्सिलोना तेश्रो स्थानमा रहेको छ । पराजित भ्यालेन्सिया समान खेलमा १६ अंकसहित १९ औं स्थानमा रहेको छ ।
