साउदी प्रो लिगमा अल नासरले अल फताहमाथि ३-१ को जित हासिल गरेको छ ।
अल अवाल पार्कमा आइतवार नासरले फताहलाई पराजित गरेको हो । नासरको जितमा मोहम्मद सिमांकन र क्रिस्टियानो रोनाल्डोले गोल गरे ।
फताहले नासरलाई आत्मघाती गोल उपहारस्वरुप दियो । फताहका लागि मुराट ब्याट्नाले सान्त्वना गोल गरे ।
खेलको ४१औं मिनेटमा नै फताहका मारवान सादानले आत्मघाती गोलमा नासरले अग्रता लियो । नासरका लागि ५७औं मिनेटमा सिमाकंनले गोल गरे ।
७२औं मिनेटमा फताहका लागि मुराटले गोल फर्काए । ८७औं मिनेटमा रोनाल्डोले गोल गर्दै नासरलाई जित पक्का भयो ।
जितसँगै १७ खेलमा ३५ अंकका साथ नासर तेस्रो स्थानमा छ । समान खेलबाट ९ अंकका साथ फताह तालिकाको पुछारमा छ । १६ खेलमा ४३ अंक जोडेको अल हिलाल शीर्ष स्थानमा छ ।
