कपनस्थित फेरिल्यान्ड इन्टरनेसनल स्कुलले विश्व जुनियर तेक्वान्दो च्याम्पियनसिपमा सहभागी आफ्ना खेलाडी कृतिका कटुवाललाई शनिबार सम्मान गरेको छ ।
सोही अवसरमा अन्य ३ तेक्वान्दोकर्मी पनि सम्मानित भए । तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गी र प्रशिक्षक सविना भट्टराईलाई पनि सम्मान गरिएको थियो ।
