रिसनलाई चेस तथा टग जेन्जीलाई टग अफ वारको उपाधि

नेपाल अल स्पोट्र्स हबको आयोजनामा सञ्चालित प्रथम मौलिक तथा परम्परागत खेल प्रतियोगिता अन्तरगत बुद्धिचाल तर्फको स्पर्धामा रिसन थापाले पहिलो स्थान हात पारे । ७ चरणको प्रतियोगितामा उनले ६ दशमलव ५ अङ्क हात पारे ।
काठमाडौँ महानगर –७ स्थित सिफलमा भएको प्रतियोगितामा आशिष फुयाँल दोस्रो तथा सुमन मोक्तान तेस्रो भए ।
सोही खेल महोत्सव अन्तरगत भएको टग अफ वारमा जेन्जी समूह पहिलो, सगरमाथा समूह दोस्रो तथा माउन्ट एभरेस्ट तेस्रो भयो ।  आयोजना हुने सो प्रतियोगितामा ६ खेल समावेश गरिएका छन् ।
डण्डिबियो, बाघचाल, घैटौ फोर र सट पुटका खेल आइतबार हुने छ ।  नेपाली खेलकुदको विकास र सस्कृती रक्षा दुवै विषयमा यो खेल महोत्सव लाभदायक हुने अपेक्षा गरिएको छ ।
टग अफ वारमा पहिलो पुरस्कार १० हजार, दोस्रो पुरस्कार ७ हजार तथा तेस्रो पुरस्कार ५ हजार रुपैयाँ पुरस्कार राखिएको छ । बुद्धिचालमा पहिलो हुनेले १० हजार , दोस्रो हुनेले ७ हजार तथा तेस्रो हुनेले ६ हजार रुपैयाँ पुरस्कार पाउने छन् । चौथोले ५, पाँचौँले ४, छैटौँले ३ हजार तथा सातौँ हुनेले २ हजार रुपैयाँ पुरस्कार पाउने छन् । आठौँ देखि १० औ स्थानसम्म हुनेले १ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।  
प्रतियोगिताको प्रमुख अतिथि वरिष्ठ पत्रकार ऋषि धमलाले उद्घाटन गरे । उद्घाटन समारोहमा नेपाल उसु महासङ्घका महासचिव नवराज ढुङ्गाना विशिष्ट अतिथि थिए । साइक्लिङ सङ्घका महासचिव रञ्जन राज भण्डारी, भेट्रान चेस खेलाडी राजेन्द्र प्रसाद श्रेष्ठ, चेसका अन्तर्राष्ट्रिय आर्जिटर ज्ञानेन्द्र खाइजु, नेपाल बुद्धिचाल महासङ्घका उपाध्यक्ष तारा बहादुर रानाभाट, उपाध्यक्ष सानुराज बज्राचार्य, कोशाध्यक्ष वीर बहादुर रावल तथा पूर्व राष्ट्रिय च्याम्पियन पुरुषोत्तम चौलागाई लगायतको उपस्थिति थियो ।
नेपाल अल स्पोट्र्स हबको आयोजना तथा राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा भएको खेलमा प्रतियोगिताको उद्घाटन समारोहमा आयोजक कमिटीका संयोजक दिपेन राईको सभापतित्वमा भएको हो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ