राखेप बोर्ड सदस्यमा धनीराम र ललिता


काठमाडौं साउन २५ गते ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड सदस्यमा एथलेटिक्सका धनीराम चौधरी र भलिबलकी ललिता नाथ सोमबार मनोनित भएका छन् ।
राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ३ उपदफा (२) को खण्ड (ट) बमोजिम राखेपको रिक्त सदस्य पदमा शिक्षा तथा खेलकुद मन्त्री मन्त्रीस्तरीय निर्णयबाट दुवैलाई मनोनयन गरिएको हो ।
दुवैको कार्यकाल ४ वर्षको हुनेछ । उनीहरुलाई शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सिंहदरबारस्थित मन्त्रालयमा पत्र हस्तान्तरण गरे ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ