
काठमाडौं साउन २६ गते ।
दोश्रो क्युकेएस अन्तरविद्यालय फुटसल प्रतियोगितामा क्वाटरफाइनल पुग्ने टोलीको मंगलबार टुंगो लागेको छ । सिनियर ब्वाइज, सिनियर गल्र्स र जुनियर ब्वाइज तीनै विधामा क्वाटरफाइनल पुग्ने टोलीको टुंगो लागेको हो ।
सिनियर ब्वाइजमा आयोजक काष्ठमण्डप विद्यालय ‘ए’, भक्तपुर निस्ट, संस्कृति, दीक्षालय, युरो स्कुल, छाउनी, बौद्ध इन्टरनेसनल स्कुल, इम्पेरियल वल्र्ड र कान्जिरोवा क्वाटरफाइनलमा पुगे ।
सिनियर गल्र्समा काष्ठमण्डप ‘ए’, त्रियोग, जोन डेवी, मेरिडियन, इम्पेरियल वल्र्ड, संस्कृति, युरो स्कुल, छाउनी र काठमाडौं प्रज्ञा कुञ्जले क्वाटरफाइनलमा स्थान पक्का गरे ।
क्वालिटी काठमाडौं स्कुल (क्युकेएस) को वार्षिक कार्यक्रम अनुसार भइरहेको प्रतियोगिताको जुनियर ब्वाइजमा काष्ठमण्डप ‘ए’, संस्कृति, अक्षरा, रोजबड, काठमाडौं प्रज्ञा कुञ्ज, कान्जिरोवा, काष्ठमण्डप ‘बी’ र युरो, हात्तीगौडाले क्वाटरफाइनल यात्रा तय गरे ।
