कौशल टिम च्याम्पियन

काठमाडौं असार १३ गते ।
आयोजक कौशल इङलिस बोर्डिङ स्कुलले प्रथम कौशल अन्तरविद्यालय काठमाडौं जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिताको उपाधि शनिबार जितेको छ । अफिसियलतर्फ च्याम्पियन बनेको कौशलले ७ स्वर्ण, ७ रजत र ४ कांस्य जित्यो ।
दोश्रो भएको ग्रिन हिल्सले २ स्वर्ण र २ रजत हात पा¥यो । तेश्रो स्थानको नागर्जुन भ्याली एकेडेमीले २ स्वर्ण, १ रजत र ३ कांस्य प्राप्त ग¥यो ।
पुरुषमा प्रारम्भ वल्र्ड स्कुलका आयु राय तथा महिलामा कौशलकी सकुरा गुरुङ उत्कृष्ट खेलाडी घोषित भए ।
मनमैजुस्थित आयोजककै हातामा भएको प्रतियोगिताको नन् अफिसियलतर्फ ज्ञानचक्छु १३ स्वर्ण, १८ रजत र ५ कांस्यसाथ च्याम्पियन भयो । १३ स्वर्ण, १३ रजत र १० कांस्यसाथ मोर्गन इन्टरनेसनल स्कुल दोश्रो तथा ११ स्वर्ण, ३ रजत र ८ कांस्यसहित स्वर्णदीप तेश्रो स्थनमा रहे । पुरुषमा नागर्जुन भ्यालीका विगेश राई तथा महिलामा मार्गनकी आरुसी अम्गाईं उत्कृष्ट खेलाडी चुनिए ।
विजेतालाई तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन, आयोजक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद अधिकारी, कौशलका प्रिन्सिपल शिवप्रसाद अर्याल, भाइस प्रिन्सिपल डा. भरतप्रसाद भण्डारी, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । एकदिने प्रतियोगितामा विभिन्न २१ विद्यालयबाट करिब ४ सय खेलाडीले सहभागिता जनाएको प्रतियोगिता संयोजक राजकुमार ठकुरीले जनाएका छन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ