बक्सिङ च्याम्पियनसिपमा सकियो क्वाटरफाइनलका खेल

काठमाडौं, असार १२ गते ।

नेपाल बक्सिङ महासङ्घद्वारा आयोजित ३०औँ राष्ट्रिय पुरुष तथा ११औँ राष्ट्रिय महिला बक्सिङ च्याम्पियनसिप–२०८३ अन्तर्गत शुक्रबार क्वाटरफाइनलका खेलहरू सम्पन्न भएका छन् ।

शुक्रबार भएको क्वाटरफाइनल खेलमा पुरुषतर्फ ६० केजी तौल समूहको विभिन्न खेलमा सन्देश शाही, छिरिङ वाग्दी शेर्पा, नितेश नेपाली विजयी भएका छन्। 

७० केजी तौल समूहमा आर्यन तामाङ, गेश कुमार श्रेष्ठ, सुजन पौडेल र भरत चन्द विजयी भएका छन्। त्यस्तै ७० केजी तौल समूहमा रोनित कार्की, दीपक श्रेष्ठ, प्रदीप पार्की र मनोज तामाङ विजयी भएका छन् ।

त्यसैगरी महिलातर्फ  भएको विभिन्न खेलमा ६० केजीमा परीक्षा लामा विजयी भएकी छिन् । ७५ केजीमा भने  बिना महर्जन विजयी भएकी छिन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ