काठमाडौं, असार १२ गते ।
चौथो राष्ट्रिय गोल्डेन एथलेटिक्स मिट–२०२६ अन्तर्गत खुला महिला ८०० मिटर दौडमा सुमित्रा चौधरी २ मिनेट २२.२ सेकेन्डको समयसहित प्रथम भएकी छिन्। भगवती खड्का २ मिनेट ३२.२ सेकेन्डका साथ दोस्रो तथा सुस्मिता राई २ मिनेट ४६.४ सेकेन्डका साथ तेस्रो स्थानमा रहिन्।
खुला पुरुष लङजम्पतर्फ अविनाश सुनार ६.५२ मिटरको जम्पसहित प्रथम भए। दीपेन्द्र गिरी ६.४८ मिटरका साथ दोस्रो तथा सुशील केसी ६.१८ मिटरका साथ तेस्रो स्थानमा सीमित भए।
यु–१८ छात्रा लङजम्पमा मुस्कान चौधरी ४.५८ मिटरको उत्कृष्ट जम्प गर्दै स्वर्ण पदक जितिन्। बिना कुमार चौधरी ४.३६ मिटरका साथ दोस्रो तथा बेबिना हुमागाईँ ३.४९ मिटरका साथ तेस्रो स्थानमा रहिन्।
यसैगरी, यु–१८ छात्र लङजम्पमा अविनाश सुनार प्रथम भएका छन् भने दीपेन्द्र गिरी दोस्रो र नीरज शाह तेस्रो भएका छन् ।
५००० मिटर खुला पुरुषतर्फ रुपेश कार्की १५ मिनेट १४.८ सेकेन्डको समय निकाल्दै प्रथम भए। मिङमार सिङ्गी तामाङ १५ मिनेट ४५.८ सेकेन्डका साथ दोस्रो तथा अजय पाण्डे क्षेत्री १५ मिनेट ४९.२ सेकेन्डका साथ तेस्रो स्थानमा रहे।
त्यसैगरी, ५००० मिटर खुला महिलातर्फ दीपशिखा शाही २२ मिनेट ३९.८ सेकेन्डको उत्कृष्ट समय निकाल्दै स्वर्ण पदक जितिन्। रेखा बिष्ट २३ मिनेट ५८.१ सेकेन्डका साथ दोस्रो तथा शाङ्ग्रिला श्रेष्ठ २९ मिनेट १०.६ सेकेन्डका साथ तेस्रो स्थानमा रहिन्।
२०० मिटर खुला पुरुष स्पर्धामा प्रवीण राना २२.१३ सेकेन्डको समयसहित प्रथम भए। सुशील केसी २२.३१ सेकेन्डका साथ दोस्रो तथा आदेश कुमार यादव २३.८८ सेकेन्डका साथ तेस्रो स्थानमा रहे।
यस्तै, ८०० मिटर खुला पुरुष स्पर्धामा सञ्जीव नेपाली १ मिनेट ५७.१ सेकेन्डको समय निकाल्दै प्रथम भए। कबिन सुनार १ मिनेट ५८.९ सेकेन्डका साथ दोस्रो तथा अमरनाथ साह गोड १ मिनेट ५९.८ सेकेन्डका साथ तेस्रो स्थानमा रहे । विजयी खेलाडीहरूलाई पुरस्कार वितरण गरिएको छ।
