काठमाडौं जेठ ३० गते ।
तेक्वान्दो खेलाडी युवराज राना जापानको आईची–नागोयामा हुने २० औं एसियाली खेलकुदका लागि छनोट भएका छन् ।
युवराज पुरुष एकल पुम्सेको यु–३० उमेरसमूहमा ‘वाइल्ड कार्ड’ प्राप्त गरी छनोट भएको नेपाल तेक्वान्दो संघका सदस्य कविराज नेगी लामाले जनाएका छन् । यसअघि क्योरोगीतर्फ अभिषेक बराल पुरुष ८० केजीमुनि तौलसमूहमा छनोट भएका थिए ।
