टोप्स फुटसलमा क्वाटरफाइनलमा समीकरण पूरा

काठमाडौं साउन २० गते ।
संस्कृति शिक्षा सदनको आयोजनामा जारी १० औं टोप्स अन्तरविद्यालय फुटसल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार क्वाटरफाइनला समीकरण तयार भएको छ ।
गण्डकी बोर्डिङ स्कुल र संस्कृति, निम्बल एकेडेमी र ल्यान्डमार्क एकेडेमी, ह्वाइट हेभेन एकेडेमी र किन्डर गार्तेन तथा स्वेता सदन र इडिफाइ इन्टरनेसनल स्कुलबीच क्वाटरफाइनल हुनेछ ।
टिम अफ प्रोग्रेसिभ स्कुल (टोप्स) को वार्षिक कार्यक्रम अनुसार भइरहेको प्रतियोगिताको सिनियर गल्र्स र जुनियर ब्वाइजमा भने सेमिफाइनल समीकरण पूरा भइसकेको छ ।
सिनियर गल्र्समा तेजस्वी एकेडेमीले इडिफाइ तथा संस्कृतिले ल्यान्डमार्क विरुद्ध खेल्ने छन् । जुनियर ब्वाइजमा ह्वाइट हेभेनले बेलमोन्ट इन्टरनेसनल एकेडेमी तथा ल्यान्डमार्कले इडिफाइसंग प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिता बिहीबार सम्पन्न हुनेछ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ