एन्फामाथिका छानबिन गर्न राखेपले गर्यो समिती गठन

काठमाडौँ,जेठ ३० गते ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)विरुद्ध अर्को छानविन समिति बनाएको छ ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनबमोजिम एन्फाविरुद्ध विभिन्न गतिविधिमा भएका भनिएका भ्रष्टाचार र अनियमितताबारे छानविन गरि ७ दिनभित्र प्रतिवेदन पेश गर्ने म्यान्डेटसहित नवनियुक्त उपाध्यक्ष विशाल श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय छानविन उपसमिति बनाइएको राखेपले जनाएको छ ।

पूर्व राष्ट्रिय खेलाडी श्रेष्ठ दुई दिनअघि मात्र राखेपको उपाध्यक्षमा नियुक्त भएका थिए । एन्फाविरुद्ध लामो समयदेखि सडक संघर्षमा रहेको अखिल नेपाल फुटबल खेलाडी संघका श्रेष्ठ प्रभावशाली सदस्य हुन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ