खुला महिला बास्केटबल च्याम्पियनसिप असार १ गतेदेखि

काठमाडौं जेठ ३० गते ।

नेपाल बास्केटबल संघको आयोजनामा १० औं राष्ट्रिय खुला महिला बास्केटबल च्याम्पियनसिप आगामी असारको पहिलो साता आयोजना हुने भएको छ ।

बास्केटबल संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आगामी असार १ देखि ६ गतेसम्म कीर्तिपुरस्थित इन्डोर कभर्ड हल राष्ट्रिय खुला महिला बास्केटबल च्याम्पियनसिप आयोजना गरिएको जनाएको हो ।

च्याम्पियनसिपमा कास्कीको अन्नपूर्ण बास्केटबल एसोसिएसन, सुनसरी बास्केटबल एसोसिएसन, आईएसए नेपाल, लेट्स गो बास्केटबल एकेडेमी, लुम्बिनी प्रदेश, ट्रेनिङ ग्राउण्ड, बुढानीलकण्ठ नगरपालिका र ग्रान्डे स्टार्स गरि ८ टीमको सहभागीता रहने नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङले जानकारी दिए।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई आगामी साबा महिला बास्केटबल च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय महिला टोलीमा छनोट गरने उहाले बताए।

प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ, उपविजेताले ३० हजार रुपैयाँ, उत्कृष्ट खेलाडी (एमभीपी) ले १० हजार रुपैयाँ, उदीयमान टोलीले १० हजार रुपैयाँ तथा उपत्यकाबाहिरबाट सहभागी उत्कृष्ट उदीयमान खेलाडीले ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने संघले जनाएको छ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ