पदक विजेता योगा खेलाडी सम्मानित

काठमाडौं जेठ २९ गते ।

प्रथम विश्व योगासाना खेलकुद प्रतियोगिताका पदक विजेता तथा सहभागी खेलाडी, प्रशिक्षक तथा निर्णायकहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले सम्मान गरेका छन् ।

सम्मान कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्रालयका सल्लाहकार राजु सिंह, नेपाल योगासन खेलकुद संघका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।

जेठ २१ देखि २५ गनेसम्म भारतको अहदमाबादमा भएको प्रतियोगितामा नेपालले एक स्वर्ण, ३६ रजत र १५ कास्य पदकसहित ५२ पदक जितेको थियो ।

प्रतियोगितामा नेपालका दुर्गा पन्तले एक स्वर्ण, एक रजत र एक कास्य गरि ३ पदक जितेका थिए । प्रतियोगितामा भारत प्रथम भएको थियो भने नेपाल पाँचौ भएको थियो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ