तेक्वान्दोको रेफ्री सेमिनार तथा रेफ्री रिफ्रेसर कोर्ष

नेपाल तेक्वान्दो संघको आयोजनामा सातदोबाटोमा भएको ११ औं ग्योरोगी रेफ्री सेमिनार, १२ औं ग्योरोगी रेफ्री रिफ्रेसर कोर्ष, चौथो पुम्से रेफ्री सेमिनार तथा तेश्रो पुम्से रेफ्री रिफ्रेसर कोर्ष शनिबार सम्पन्न भएको छ ।
सहभागीलाई शिक्षा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार सिद्दी व्यञ्जनकार र सल्लाहकार राजु सिंह, राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठ र राखेपका सदस्य शक्तिप्रसाद गौचनले प्रमाण पत्र प्रदान गरे । सातदोबाटोमा भएको कोर्षमा ५ सय ७६ जना सहभागी थिए ।
सो अवसरमा आयोजक तेक्वान्दो संघका अध्यक्ष दीपराज गुरुङले विभिन्न प्रदेशमा भएका कोर्षका बारे जानकारी गराउनुका साथै तेक्वान्दो खेलको उपलब्धी, अवस्थालगायतका विषयमा अवगत गराएका थिए ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ