राखेपले भन्यो: २० औं एशियाडका लागि कुनै खेल छनोट भएको छैन

काठमाडौँ, बैशाख ३१ गते ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले २० औं एशियाली खेलकुद प्रतियोगिता (एशियाड) मा सहभागि हुने कुनै पनि खेलको छनोट नभएको बताएको छ।

बिहीबार एक सूचना जारी गर्दै राखेपले जापानमा आयोजना हुन गइरहेको २० औं एशियाली खेलकुद प्रतियोगिताका लागि कुनै खेल छनोट नभएको जानकारी दिएको हो ।

राखेपले आगामी असोज ३ गतेदेखि आयोजना हुने २० औं एशियाडका लागि नेपालको तर्फबाट कति खेल सहभागि हुने भन्ने निर्णय भइ नसकेको जनाएको छ।

साथै उक्त प्रतियोगितामा सहभागिताका लागि खेलाडी छनोट गर्न राखेपले अहिलेसम्म राष्ट्रिय संघहरुलाई निर्देशन नगरेको पनि उल्लेख गरेको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ