आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस: नेपालको गल्र्स टिम दोश्रो

काठमाडौं, बैशाख ४ गते ।

नेपालको गल्र्स टिम आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस कम्पिटिसन (दक्षिण एसियाली क्षेत्रिय छनोट) मा शुक्रबार दोश्रो भएको छ । पाँच राष्ट्र सहभागी राउन्ड रोविन लिगमा नेपाल दोश्रो भएसंगै सेप्टेम्बर १५ देखि २० तारिखसम्म सिंगापुरमा हुने एसियाली फाइनल प्रतियोगिताका लागि टोली छनोट भएको छ ।

दुई राष्ट्र छनोट हुने प्रावधान अनुसार भारत पहिलो हुँदै छानियो । भारतले सबै चार खेल जित्यो । भारतसंग मात्र पराजित नेपालले ३ खेल जित्यो । नेपालले श्रीलंका, माल्दिभ्स र पाकिस्तान पराजित ग¥यो । २ खेल जितेको श्रीलंका तेश्रो, १ खेल जितेको माल्दिभ्स चौथो र जितविहीन पाकिस्तान पाँचौं स्थानमा रहे ।

नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको अन्तिम दिन गल्र्समा नेपालले माल्दिभ्सलाई २–१ ले पराजित ग¥यो । पहिलो सिंगल्समा नेपालकी आर्या पौडेलले लायरा उषामा अलीलाई ६–० र ६–२ को सोझो सेटमा पराजित गरिन् । अर्को सिंगल्समा माल्दिभ्सकी इश्रा इब्राहिमले नेपालकी सारा पन्तलाई सीधा सेटमा ६–३ र ६–३ ले हराउदै खेललाई १–१ को बराबरी अवस्थामा पु¥याइन् । डबल्समा नेपालका नाइरा घले र साराको जोडीले लायरा र इश्राको जोडीलाई ६–३ र ६–१ ले पन्छाएपछि नेपालले सिंगापुर यात्रा पक्का गरेको हो । गल्र्समै भारतले श्रीलंकालाई ३–० ले हरायो ।

सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको प्रतियोगिताको ब्वाइजमा भारत र पाकिस्ताले बिहीबारै एसियाली फाइनल प्रतियोगिताका लागि स्थान पक्का गरिसकेका थिए । अन्तिम दिन भएको फाइनलमा भारतले पाकिस्तानलाई ३–० ले पन्छ्याउदै पहिलो बन्यो ।

बंगलादेश बाहेक ६ दक्षिण एसियाली राष्ट्रको सहभागिता रहेको ब्वाइजमा श्रीलंका तेश्रो, नेपाल चौथो, भुटान पाँचौं र माल्दिभ्स छैटौ भए । तेश्रो र चौथो स्थान निर्धारण गर्न भएको खेलमा श्रीलंकाले नेपाललाई २–१ ले पन्छायो ।

विजेतालाई नेपाल टेनिस संघका अध्यक्ष मनोहरदास मुल र आईटीएफ डेभ्लप्मेन्ट अफिसर जानेथन स्तब्सले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ