बास्केटबल र फुटसल हुने

काठमाडौँ, बैशाख ४ गते ।

अन्तरकलेज बास्केटबल तथा फुटबल प्रतियोगिता हुने भएको छ । बास्केटबल श्रृजनशील स्पोर्ट्स क्लब तथा फुटसल भिजन स्पोर्ट्स एकेडेमीको आयोजनामा हुने लागेको हो ।

थ्री बाइ थ्री स्वरुपमा हुने बास्केटबलको ब्वाइजमा ६० र गल्र्समा ४० गरी १ सय टिम सहभागी हुने श्रृजनशीलका अध्यक्ष सुदेवजंग पण्डितले जनाएका छन् । प्रतियोगिता बैशाख ५ गतेदेखि सुरु हुनेछ । खेल टोखा नगरपालिका वडा १०, सामाखुशीस्थित ज्ञान संस्कार इन्टरनेसनल स्कुलको कोर्टमा खेलाइने छ ।

फुटसलमा २४ ब्वाइज टिमको सहभागिता रहने भिजनका अध्यक्ष वृजेश बोहराले जानकारी गराए । प्रतियोगिता टोखा नगरपालिका वडा ६ स्थित ग्रान्डी स्पोर्ट्स एकेडेमीमा खेलाइने छ । फुटसल बैशाख ७ गतेदेखि सुरु हुनेछ ।

प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको सहयोगमा हुने दुवै प्रतियोगिता नकआउट आधारमा खेलाइने छ । दुवै प्रतियोगिताका विजेतालाई प्रमाण पत्र, पदक र नगद पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ