काठमाडौं, बैशाख ५ गते ।
नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको तत्वावधानमा काठमाडौँ शारीरिक सुगठन तथा फिटनेस संघले राष्ट्रिय स्तरको शारीरिक सुगठन प्रतियोगिता गर्ने भएको छ।
शनिबार पत्रकार सम्मेलन गर्दै संघले मिस्टर काठमाडौँ शारीरिक सुगठन प्रतियोगिता, जुनियर मि।काठमाडौँ प्रतियोगिता , पुरुष एथलेटिक फिजिक्स प्रतियोगिता , महिला एथलेटिक फिजिक्स प्रतियोगिता, तथा पुरुष स्पोट्स फिजिक्स प्रतियोगिता गर्न लागेको जानकारी दिएको हो ।
प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आगामी भाद्र १९ र २० गते हुने आयोजकले जनाएको छ। प्रतियोगितामा जम्मा ७ वटा वजन समूह अन्तर्गत खेलाइनेछ, जसमा ५५, ६०, ६५, ७०, ७५ तथा ८० र ८० केजीभन्दा माथि समूहबीच प्रतिस्पर्धा गराइनेछ ।
ओभरअल विजेतालाई मि.काठमाडौँको उपाधि सहित रु ५ लाख नगद, पदक , ट्रफी तथा ब्यानेट प्रदान गरिनेछ ।
महिला प्रतिस्पर्धामा फाइनल राउन्डमा छनोट भएका पाँच जना खेलाडीहरूबीच प्रतिस्पर्धा गराई ओभरअल विजेतालाई रु ५०,००० नगद, पदक , ट्रफी तथा ब्यानेट प्रदान गरिनेछ । द्वितीय र तृतीय हुनेलाई क्रमशः रु ३०,००० र रु २०,००० र पदक प्रदान गरिनेछ भने चौथो र पाँचौं हुनेलाई पदक तथा प्रमाणपत्र प्रदान गरिनेछ ।
मास्टर मि।काठमाडौँ प्रतियोगिता , जुनियर मि।काठमाडौँ प्रतियोगिता , पुरुष एथलेटिक फिजिक्स प्रतियोगिता र पुरुष स्पोट्स फिजिक्स अन्तर्गत फाइनलमा छनोट भएका ५ जनाबीच प्रतिस्पर्धा गराई विजेतालाई रु ५०,००० नगद, पदक , ट्रफी तथा ब्यानेट प्रदान गरिनेछ । द्वितीय र तृतीय हुनेलाई क्रमशः रु २०,००० र रु १०,००० र पदक प्रदान गरिनेछ भने चौथो र पाँचौं हुनेलाई पदक तथा प्रमाणपत्र प्रदान गरिनेछ ।
यस प्रतियोगिताको अनुमानित बजेट करिब रु ५० लाख रहेको छ ।
