काठमाडौँ, बैशाख ४ गते ।
सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्र्तगत सूर्य नेपाल एनपीजीए म्याच प्लेको उपाधि निरज तामाङले जितेका छन्।
शुक्रबार भएको खेलमा टंकबहादुर कार्कीलाई हराउँदै तामाङले सूर्य नेपाल एनपीजीए म्याच प्लेको उपाधि जितेका हुन्।
उपाधि जितेसँगै तामाङले १ लाख प्राप्त गरेका छन्। त्यस्तै उपविजेता बनेका कार्कीले भने ७५ हजारमै चित बुझाएका छन्।
प्रतियोगितामा तेस्रो हुनेले ५६ हजार र चौथो हुनेले ४२ हजार प्राप्त गरेका छन्। यस्तै क्वार्टरफाइनल पुग्ने चार खेलाडीहरूले जनही १८ हजार तथा पहिलो चरणबाट बाहिरिने खेलाडीहरूले जनही १० हजार प्राप्त गरेका छन्।
तीन दिने प्रतियोगितामा सूर्य नेपाल गल्फ टुर २०२४/२५ को अर्डर अफ मेरिटका शीर्ष १६ मा रहेका खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए।
