आर्मीले जित्यो प्रधानमन्त्री कपको उपाधि

काठमाडौँ, बैशाख ४ गते ।

विभागीय टिम त्रिभुवन आर्मी क्लबले तेस्रोपटक प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

शुक्रबार आर्मीले फाइनलमा सुदूरपश्चिलाई पाँच विकेटले पराजित गर्दै प्रधानमन्त्री कपको उपाधि जितेको हो ।

आर्मीले प्रधानमन्त्री कपको उपाधि जितेको यो तेस्रोपटक हो । यसअघि आर्मीले सन् २०१७ र सन् २०२१ को संस्करण जितेको थियो ।

सुदूरले दिएको १६२ रनको लक्ष्य आर्मीले ३४।३ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । आर्मीका लागि इमरान शेखले अविजित ४६ रन बनाए भने बसिर अहमदले ४५ रन बनाए ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ