यूएईसँगको खेलमा दीपेन्द्रसिंह ऐरीको कप्तानी

काठमाडौँ, बैशाख ४ गते ।

युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्धको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृखंला खेल्ने नेपाली टोलीको घोषणा भएको छ ।

शुक्रबार शृखंलाका निम्ति नेपाली राष्ट्रिय क्रिकेट टिममा मुख्य प्रशिक्षक स्टुवर्ट लले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १८ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेका हुन् ।

टोलीमा कुशल मल्ल र अर्जुन साउद पुनः राष्ट्रिय टोलीमा फर्किएका छन् । टी–२० विश्वकप एसिया छनोटमा खेलेयता कुशल टोलीमा परेका थिएनन् । त्यसैगरी, अर्जुन सन् २०२२ पछि टिमबाहिर छन्।

त्यसबाहेक, सन्तोष यादव र हेमन्त धामीले पनि टिममा मौका पाएका छन् । एकदिवसीयका कप्तान रोहित पौडेल भने टिममा परेका छैनन् ।

नेपालले सोमबार र मंगलबार त्रिवि क्रिकेट मैदानमा यूएईसँग टी–२० आई शृंखला खेल्ने तालिका छ । यी दुवै खेल फ्लडलाइटमा हुनेछन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ