जापानमा जारी २० औं एसियाली खेलकुदको महिला कबड्डीमा नेपालले विजयी सुरुआत गरेको छ । समूह ‘बी’ को खेलमा नेपालले थाइल्यान्डलाई ४६–४३ ले पराजित ग¥यो ।
नेपाली पुरुष कबड्डी टिमले लगातार तेश्रो पराजय ब्यहोरेको छ । समूह ‘बी’ को लिग खेलमा नेपाल मंगलबारै दुई खेलमा पराजित रह्यो । नेपाल पाकिस्तानसंग ५८–४३ र इरानसंग ७६–२३ ले चुक्यो । समूह चरणको पहिलो खेलमा नेपाल थाइल्यान्डसंग ५९–५८ ले पछि परेको थियो । नेपालले बिहीबार मलेसियसंग प्रतिस्पर्धा गर्ने राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत प्रचार प्रसार शाखाका प्रमुख खुशराज दाहालले जनाएका छन् ।
बक्सिङमा रमिशा श्रेष्ठ महिला ५१ केजी तौल समुहमा भियतनामकी खेलाडीसंग पराजित भएकी छन् । ५– ० को अंकका आधारमा उनी पराजित भएकी हुन् । यस्तै पुरुष ५५ केजी तौलसमूहमा चन्द्रबहादुर थापा पनि पराजित भएका छन् । उनले भारतका खेलाडी जादुमानी सिंहको मुकाविला गरेका थिए । उनी ५–० अंकका आधारमा पराजित भएका थिए ।
करातेको महिला टिम कातामा नेपाली कराते टिम चाईनिज ताईपेइसंग ५–० अंकले पराजित भएको छ । यस्तै भियतनामसंगको टिम कातामा पनि नेपाल ५–० अंकले पराजित भयो ।
सफ्टटेनिसको महिला सिंगल्समा नेपाली खेलाडी जोर्जिया चौधरी जापानी खेलाडीसंग ४–०, ४–१, ४–०, ४–० अंकको सेटमा पराजित भइन् । यस्तै पुरुष सिंगल्समा चाईनिज ताईपेइसंग ४–० मा पराजित भएका नेपालका कमलबहादुर भण्डारीले लाओस विरुद्धको खेलमा भने ४–३ ले विजयी भए । यस्तै पुरुष सिंगल्समै प्रदिप खत्री फिलिपिन्सका खेलाडी संग पराजित भएका छन् ।
टेबुल टेनिस
टेबलटेनिसको मिक्स डबल्समा नेपालका रुविन महर्जन र इभाना थापाको जोडीले पाकिस्तानका मुहम्मद खान र कस्लुम खानको जोडीलाई ११–६, ११–८ र ११–४ को सोझो सेटमा पराजित गरेका छन् । मिक्स डबल्समा नविता श्रेष्ठ र संयोग कपालीको जोडी मंगोलियाको जोडीसंग ३–१ को सेटमा पराजित भएका छन् ।
महिला भलिबलमा नेपाल १२ औं स्थानमा रह्यो । १४ टिम सहभागी थिए । मंगलबार नेपाल मंगोलियासंग २३–२५, १७–२५, १३–२५ को सेटमा पराजित भएको छ ।


