आर्सनलको रोमाञ्चक जितसँगै शीर्ष स्थान मजबुत, एस्टन भिल्ला दोस्रो स्थानमा उक्लियो

काठमाडौं,पुस २० गते।

इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको आर्सनलले बर्नमाउथमाथि रोमाञ्चक जित हात पारेको छ। गएराति सम्पन्न खेलमा आर्सनलले घरेलु टोली बर्नमाउथलाई ३–२ गोलअन्तरले पराजित गर्दै महत्वपूर्ण तीन अंक जोडेको हो।

यस जितसँगै आर्सनलले २० खेलबाट ४८ अंक पुर्‍याउँदै अंकतालिकाको शीर्ष स्थानमा आफ्नो पकड थप बलियो बनाएको छ। उपाधि दौडमा निरन्तरता दिनका लागि आर्सनलको यो जित महत्वपूर्ण मानिएको छ।

यस्तै, तेस्रो स्थानमा रहेको एस्टन भिल्लाले नटिङ्घम फरेस्टमाथि ३–१ गोलको जित निकाल्दै एक स्थान उक्लिएको छ। यस जितपछि एस्टन भिल्ला २० खेलमा ४२ अंक जोड्दै दोस्रो स्थानमा पुगेको छ। १९ खेलमा ४१ अंक रहेको म्यानचेस्टर सिटी भने एक स्थान खस्दै तेस्रो स्थानमा सीमित भएको छ।

गएराति भएका अन्य खेलहरूमा उल्भ्सले वेस्टह्याम युनाइटेडलाई ३–० गोलले पराजित गर्दा ब्राइटनले बर्नलीमाथि २–० गोलको सहज जित निकालेको छ।

इंग्लिस प्रिमियर लिग अन्तर्गत आज पनि ६ वटा खेलहरू आयोजना हुँदैछन्। अंकतालिकाको माथिल्लो र तल्लो भागमा प्रतिस्पर्धा चर्किंदै गएको अवस्थामा आजका खेलहरू पनि निकै रोचक हुने अपेक्षा गरिएको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ