१५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीप (आइओएफटिसी)  सुरु

काठमाडौँ, पुस ४ गते ।

युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले शुक्रबार १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीप (आइओएफटिसी) औपचारिक उद्घाटन गर्नुुभएको छ ।

तीन दिने प्रतियोगिताका खेल भने बिहिबार नै सुरु भएको थियो । पहिलो दिन बोर्ड बे्रकिङमा २२ स्वर्ण पदकको छिनोफानो पनि भइसकेको छ ।
आइओएफटिसी नेपालको आयोजनामा राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भइरहेको आइओएफटिसी तेक्वान्दो प्रतियोगिता अन्तर्गत शुक्रबार क्यारुगी (फाइट) र पुम्से (फर्म) विधाअन्तर्गत विभिन्न इभेन्टमा प्रतिस्पर्धा भइरहेको छ । शनिबार प्रतियोगिताको समापन हुनेछ ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा २६ जना तेक्वान्दो तथा खेलकर्मीलाई सम्मान पनि गर्नुभयो । सम्मानित हुनेमा नेपालकी पहिलो महिला ब्ल्याक बेल्ट सुधासेन मल्ल, राखेपका पूर्व सदस्यसचिवद्वय विनोदशंकर पालिखे, केशव विस्ट पनि छन् । यसैगरी लव गोर्खाली, विपिन श्रेष्ठ, केविन महर्जन, राजमन्दिर श्रेष्ठ, सहदेव श्रेष्ठ, फिरोज शाक्य, विनोद श्रेष्ठ, ग्रान्डमास्टर इन्द्र गुरुङ, सिनियर मास्टर राष्ट्र राई, सिनियर मास्टर राजु क्षेत्री, मिनप्रसाद खनाल, सरोज गुरुङ, ििनयर मास्टर फिनिन्द खड्का, सिनियर मास्टर पुष्प जोशी, मास्टर अर्जुनभक्त राई, सिनियर मास्टर अस्टबहादुर महर्जन, राजेश महर्जन, सुन बहादुर लामा, मास्थटर अशोक खड्का, बलराम लामा, सिनियर मास्टर नवीन खड्का, जनार्जन ढुङगेल र सिनियर मास्टर हरि तामाङ रहेका छन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ