नेपाली जुडो खेलाडी पहिलो चरणमै सीमित

काठमाडौं,असोज १४ गते।
जापानमा जारी एसियाली खेलकुदमा चार नेपाली जुडो खेलाडी पहिलो चरणमै सीमित भएका छन् ।
बुधबार आइची अन्तर्राष्ट्रिय एरिनामा महिला ४८ केजीमुनिमा निशा श्रेष्ठ हङहङकी वोङ कालीसँग इप्पोनको तथा ५२ केजीमा देवकीमाया श्रेष्ठ भियतनामकी लाम थि ग्गान हासँग युकोको आधारमा पराजित भए ।

यता, पुरुष ६६ केजीमुनिमा विशेष विक हङकङकै वोङ काकीसँग वाजा अरीको आधारमा तथा ६६ केजीमुनिमा विकास विक उज्वेकिस्तानका खुचकरोभ समारिदिनसँग इप्पोनको आधारमा निरास बने ।

अब, नेपालकी पुनम श्रेष्ठले ५२ केजीमुनिमा र सुजन गुरुङले ९० केजीमुनिमा बिहीबार आफ्नो चुनौती प्रस्तुत गर्नेछन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ