लुम्बिनीद्वारा गण्डकी प्रदेश ७ विकेटले पराजित

वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट च्याम्पियनसिपमा लुम्बिनी प्रदेश विजयी भएको छ। मंगलबार सम्पन्न खेलमा लुम्बिनीले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गर्दै विजयी बनेको हो।

गण्डकीले दिएको १३६ रनको लक्ष्य लुम्बिनीले १७.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो। लुम्बिनीका सुनिल भण्डारी नट आउट रहँदै सर्वाधिक ६० रन बनाए। ४६ बल खेलेका उनले ९ चौका प्रहार गरे। त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको गण्डकीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३५ रन बनाएको थियो।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ