ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ मा नेपालले सेमिफाइनल खेल युएईसँग खेल्ने सम्भावना बढेको छ ।
यही प्रतियोगिता अन्तर्गत मंगलबार साउदी अरेविया कतारसँग १५ रनले पराजित भएको छ । कतारको जितले बुधबार साउदी अरेबियासँग खेल्नुअघि नै नेपाल समूह ए बाट विजेताको रुपमा सेमिफाइनलमा पुगेको छ । समूह ए मा नेपालबाहेक अन्य कुनैपनि टोलीले ६ अंक जोड्न सक्ने छैनन् ।
