नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा लुम्बिनी लायन्स

काठमाडौँ, मङ्सिर २५ गते ।
लुम्बिनी लायन्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो क्वालिफायर खेलमा विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनीले पहिलो पटक फाइनलमा स्थान बनाएको हो ।

उपाधिका लागि लुम्बिनीले शनिबार सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ । साविक उपविजेता सुदूरपश्चिमले यसअघि पहिलो क्वालिफायरमा विराटनगरलाई नै हराएर फाइनलमा स्थान बनाएको थियो ।
जितका लागि एक सय ३५ रनको समान्य लक्ष्य पछ्याएको विराटनगर १७ ओभर पाँच बलमा सबै विकेट गुमाएर ९४ रनमा समेटिएको हो । पावर प्लेमा तीन विकेट गुमाएको विराटनगरका लागि साम ह्याजलेटले ३४ रन बनाउनुभयो । नरेन भट्टले २१, मर्सेन्ट डी लन्जले १७ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।
विराटनगरलाई निरास बनाउन बलिङमा लुम्बिनीका तिलक भण्डारीले तीन विकेटलिए । यस्तै रुवेन टम्पलम्यान र अविशेष गौतमले दुई दुई विकेट लिए । शेर मल्लले एक विकेटव लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३४ रन बनाएको थियो । लुम्बिनीका लागि डी आर्की सटले ४५ रन बनाए । उहाँले ४१ बलमा तीन चौका र एक छक्का बनाए । यस्तै कप्तान रोहित पौडेलले ३४, निरोशन डिकवेलाले २९, रुवेन ट्रुम्पलम्यानले ११ र शेर मल्लले सात रन बनाए ।

ओपनर दिनेश अधिकारी र दिलिप नाथ एक एक रनमा आउट हुनुभयो । सन्दीप जोरा र जेजे स्मिथ शुन्य रनमा पेभेलियन फर्किए ।

बलिङमा विराटनगरका सुवास भण्डारी प्रतिश जिसीले तीन तीन विकेट लिए भने चार ओभर पूरा बलिङ गर्दै १४ रन खर्चिए । यस्तै प्रतिश जिसी पनि पूरा चार ओभर बलिङ गर्दै २७ रन खर्चिए । सन्दीप लामिछानेले दुई विकेट लिए ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ