ओलम्पिक सोलिडेरिटी टेक्निकल कोर्स सम्पन्न, उसु खेलको विकास नयाँ अध्यायको सुरुवात जीवनराम श्रेष्ठ

काठमाडौं, मंसिर २५ गते ।

अन्तराष्ट्रिय ओलम्पिक कमिटीसँगको सहकार्यमा ५ दिन चलेको ओलम्पिक सोलिडेरिटी राष्ट्रिय उसु प्रशिक्षक टेक्निकल कोर्स सम्पन्न भएको छ ।
अन्तराष्ट्रिय उसु जगतको इतिहासमै पहिलो पटक नेपालमा आयोजना भएको सो कोर्स काठमाडौको डल्लुस्थित अर्थ क्वीक मेमोरियल मल्टिप्रपोज कभर्डहलमा आइतबारबाट सुरु भएको कोर्स बिहीबार सम्पन्न भएको हो ।
नेपाल उसु महासंघको आयोजनामा भएको सोलिडारिटी राष्ट्रिय उसु प्रशिक्षक टेक्निकल कोर्सको उद्घाटन र समापन पूर्व मन्त्री एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले गर्नु भएको हो ।
टेक्निकल कोर्समा सातप्रदेश र विभागीय टिम गरि ६५ जना प्रशिक्षकहरु सहभागी जनाएको उसु महासघंंले जानकारी दिए ।
उक्त कोर्स उसुको थाउलु विधाका प्रोफेसर लिन छाउमिन र सान्दाका एइ उईले प्रशिक्षण दिएका हुन् ।
बिहीबार रोयल सिंगी होटलमा भएको कोर्सको समापन समारोहमा बोल्नुहुदै ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले खेलमा नतिजा कसरी आफ्नो पक्षमा पार्ने र अंक कसरी लिने विषयमा यस्तो कोर्स निकै महत्वपूर्ण भएको समेत बताए ।
साथै मेहेनत गरेर पनि जब पइन्ट आएन भने त्यसको के काम हुन्छ समेत बताए । सोलिडेरिटी कोर्सले पोइन्ट कसरी लिन सकिन्छ , खेलको नियम कस्तो हुन्छ त्यसलाई बुझाउने मौका मिल्ने हुँदा सुखद नतिजा ल्याउन मद्दत पुग्ने बताए ।
सोलिडारिटी कोर्स गर्न विदेश गएर चर्को मूल्य तिर्नु पर्ने र झन्झटबाट मुक्ति मिलेको जानकारी दिनु भयो । यही कोर्स लिन विदेशमा जानु पर्यो भने एक जनाले ३–४ लाख रुपयाँ खर्च गर्नुपर्ने उहाले नेपालमै यस्ता विदेशका महान् हस्ती एव विज्ञ ल्याएर सिकाइँएको छ , यो ठूलो अवसर रहेको र टेक्निकल कोर्स लिइसकेपछि खेलाडीहरुको स्तर बढाउन प्रशिक्षकहरुले महत्वपूर्ण भूमिका खेल्ने हुने बताए ।
उसु महासंघका महासचिव लाक्पा छिरिङ लामाले कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले अन्र्तराष्ट्रिय उसु महासंघसँग समन्वय गरी नेपालमा कोर्स आयोजना गर्न सहयोग पुर्याकोमा धन्यवाद दिए ।
जिल्ला समन्वय समिती काठमाण्डौंका प्रमुख सन्तोष बुढाथोकीले खेलको विकासका लागि स्थानीय तहले वर्षेनी एक डेढ करोड लगानी गरिरहेको बताउँदै काठमाडौंका ११ वटै पालिकासँग उसु खेल जोडिन आग्रह समेत गरे ।
समापन समारोहमा बोल्नु हुदै उसुको थाउलु विधाका प्रोफेसर लिन छाउमिनले राम्रोसँग कोर्स समापन गराउन भूमिका खेल्नुहुने सबैलाई धन्यवाद दिइन् । उनले यो सिकाइको मद्दतबाट नेपालमा उसु खेलको विकास मात्र नभएर अन्र्तराष्ट्रिय जगतमा समेत यसले गतिलो प्रभाव पार्ने बताए ।
महासंघका अध्यक्ष वीर बहादुर तामाङले ५ दिने ओलम्पिक सोलिडारिटी राष्ट्रिय उसु प्रशिक्षक टेक्निकल कोर्सले नेपाली उसु खेलको विकासमा नयाँ अध्याय थपेको बताए ।
कोटा छुट्टाएपनि अन्तराष्ट्रिय उसु महासंघका विज्ञ द्वारा प्रशिक्षण दिईने भएको हुदा कोटा भन्दा बढि प्रशिक्षकहरुको सहभागी भएको नेपाल उसु महासघका महासचिव लामाले बताए ।
ट्रेनिङ कोर्समा भारतबाट थाउलोमा २ जना तथा सान्दामा ४ जना गरी ६ जना प्रशिक्षक समेतले सहभागी जनाएको महासचिव लामाले बताए ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ