तेश्रो संस्करणको काष्ठमण्डप कप–२०२५ अन्तर्गत एक्सेल्सियर र मल्पी सिटी क्वाटरफाइनलमा


काठमाडौं, मंसिर २५ गते ।

काष्ठमण्डप विद्यालयको आयोजनामा तेश्रो संस्करणको काष्ठमण्डप कप–२०२५ अन्तर्गत बास्केटबल र फुटसल प्रतियोगिता को दोस्रो दिन
द एक्सेल्सियर स्कुल र मल्पी सिटी तेश्रो काष्ठमण्डप कपअन्तर्गत बास्केटबलतर्फ बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । एक्सेल्सियर गल्र्स तथा मल्पी सिटी ब्वाइजमा क्वाटरफाइनल पुगेका हुन् । दुवैले विल्सन एकेडेमीबाट वाकओभर पाए ।
गल्र्समा मातृभूमिले टीआईएलाई १२–४ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित ग¥यो । दीक्षालय नेपालले ह्वाइटफिल्डलाई १९–१० ले हरायो ।
ब्वाइजमा ह्वाइटफिल्डले मातृभूमिलाई ३१–९ तथा रिलायन्स को–एडले दीक्षालय नेपाललाई १९–१८ ले पराजित गर्यो ।
फुटसल तर्फ
फुटसलको सिनियर ब्वाइजमा आयोजक काष्ठमण्डप विद्यालय ‘बी’ ले मल्पी सिटी ७–०, वेदव्यासले काष्ठमण्डप ‘बी’ लाई २–१ तथा मातृभूमिले मल्पी सिटीलाई ३–० गोलले पराजित गरे । वेदव्यास र मातृभूमिले गोलरहित बराबरी खेले भने एक्सेल्सियर र विल्सन एकेडेमीबाट वाकओभर पायो ।
गल्र्समा वेदव्यासले काष्ठमण्डप ‘बी’ लाई ६–० तथा पुष्पाञ्जलीले पनि काष्ठमण्डप ‘बी’ लाई २–० गोलले हराए । वेदव्यास र पुष्पाञ्जलीबीचको खेल गोलरहित बराबरीमा सकियो ।


जुनियर ब्वाइजमा पुष्पाञ्जलीले काष्ठमण्डप ‘बी’ लाई २–०, पुष्पाञ्जलीले एक्सेल्सियरलाई २–१ र एक्सेल्सियरले काष्ठमण्डप ‘बी’ लाई ४–० गोलले पराजित गर्यो।
पाँचै विधाका खेल लिग कम नकआउट आधरमा हुने छ । खेल मण्डिखाटारस्थित आयोजकको कोर्ड भैरहेको छ।
साथै प्रतियोगिताका बिजेताले शिल्ड मेडल तथा ट्रफी प्रमाणपत्र प्राप्त गर्नेछन।
प्रतियोगिता पुष दुई गते सम्म संचालन हुनेछ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ