एनपिएलः पोखरा ३४ रनले विजयी पोखरा प्लेअफको सम्भावना जीवितै

काठमाडौं, मंसिर १७ गते ।

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत मङ्गलबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई ३४ रनले हराएको छ। पोखराले दिएको २०२ रनको लक्ष्य पछ्याएको कर्णाली १९ ओभरको समाप्तिमा १६७ रन बनाउँदा अलआउट भएको हो।

कर्णालीका लागि मार्क वाटले अर्धशतक बनाउनुभयो। ३४ बलको सामना गर्दा पाँच छक्का र चार चौका प्रहार गर्दै ५९ रन बनाए । नजिबुल्लाह जद्रान २४, पवन सरार्फ १९, प्रियाङ्क पञ्चाल १६, कप्तान सोमपाल कामी १३ र गुल्सन झा १० रनमा आउट भए । अन्य कुनै पनि ब्याट्म्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

कर्णालीलाई सस्तैमा समेट्न पोखराका लागि धनन्जय लक्षन र ऋषि धवनले तीनतीन विकेट हात पार्दा किरण ठगुन्ना, सन्दीप क्षेत्री र कुशल भुर्तेलले एक एक विकेट हात पारे ।

टस जितेर कर्णालीले सुरुमा फिल्ड रोजेपछि पहिला ब्याटिङ गरेको पोखराले पूरै २० ओभर खेल्दै दुई विकेटको क्षतिमा २०१ रन बनाएको थियो। त्यसका लागि एडम म्याथ्यू रोसिङ्टनले शतक प्रहार गरे । रोसिङ्टनले नटआउट हुदै ५८ बलमा ११ चौका र ६ छक्का प्रहार गर्दै १०८सर्बाधिक रन बनाए ।
पोखराका लागि जेसन रोयले ४६ रन जोड्दा धनन्जय लक्षनले नटआउट २३ रन थपे । ओपनिङमा आएका पोखराका कप्तान कुशल भुर्तेल १७ बलको सामना गर्दा १८ रन बनाउँदै आउट भए ।

कर्णालीका लागि नन्दन यादव र मार्क वाटले एकएक विकेट हात पारे ।

यो जितसँगै पोखराले पाँच खेलमा चार अंक जोडेको छ। पोखरा प्लेअफको सम्भावना जीवित राख्दै तालिकाको चौथो स्थानमा उक्लिएको छ ।

६ खेल खेलिसकेको कर्णाली भने दुई अंकमा सीमित छ। यो हारसँगै कर्णाली तालिकाको सातौं स्थानमा झरेको छ । कर्णाली को प्लेअफ पुग्ने सम्भावना पनि समाप्त भएको छ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ