
काठमाडौं, मंसिर १७ गते ।
लामो दुरीकी नेपालकी शीर्ष स्थानमा रहेकी धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन बुधबार प्रस्थान गरेकी छिन् ।
स्पेनको भ्यालेन्सियामा ७ डिसेम्बर आइतबार भ्यालेन्सिया म्याराथनको ४४औं संस्करणमा भाग लिन त्यस तर्फ प्रस्थान गरेकी हुन् ।
साथै गत सोमवार एथलेटिक्स परिवार, नेपाल, बैकुण्ठ मान्नधर खेलकुद नेपाल, नेपाल एडभेन्चर रनिङ्ग महासंघ लगायत खेलकुद व्यक्तित्वहरुले
धाविका सन्तोषी श्रेष्ठ र नेपाल रन युकेका सन्तोष राई एवं थाईल्याण्डमा यहि मंसिर १९ र २० गते हुने चियाङखोङ अल्ट्रा म्याराथन एकसय चार किलो मिटर अल्ट्रा रेसमा सहभागी हुन जान लागेका धावक होमलाल श्रेष्ठ लगाएतलाई सफलताको शुभकामना सहित दशरथ रंगसालामा एक कार्यक्रमबीच बिदाई गरेका थिए ।
सन् १९८१ मा सुरु भएको भ्यालेन्सिया म्याराथन वर्ल्ड एथ्लेटिक्सबाट प्लेटिनम लेवलको मान्यता पाएको विश्व दौडको सर्वाधिक आकर्षकमध्ये म्याराथन रहेको हो ।
साथै संसारकै सरल कोर्ष मानिने भएकाले आफ्नो उत्कृष्ट समय निकाल्न संसारभरका धावकहरुको उच्च प्राथमिकतामा भ्यालेन्सिया पर्दछ ।
धारा नेपालगन्ज म्याराथन र पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा गरेको प्रदर्शनका आधारमा सन्तोषीलाई छनोट गरिएको हो । नेपाल रन युकेले सन्तोषीको सहभागिताका लागि सम्पूर्ण व्यवस्थापन समेत गर्ने भएको छ ।
सन्तोषीसँगै नेपाल रन युकेका संस्थापक तथा प्रशिक्षक सन्तोष राई पनि भ्यालेन्सिया प्रस्थान गरेका छन् । प्रशिक्षक राई सहित नेपाल रन युकेका अन्य सदस्यहरु पनि भ्यालेन्सिया म्याराथनमा सहभागी जनाउनेछन् । उनीहरु बेलायतबाटै भ्यालेन्सिया पुग्ने समेत प्रशिक्षक सन्तोष राईले बताएकाछन् ।