काठमाडौँ स्पोर्टस एन्ड् एभेन्ट्सको आयोजनामा कर्पोरेट टि-१० क्रिकेट प्रतोयोगिता हुने

काठमाडौं, कात्तिक २३ गते ।

स्पोर्ट्स् एन्ड् एभेन्ट्सको आयोजनामा कर्पोरेट टि-१० क्रिकेट प्रतोयोगिता हुने भएको छ । प्रतियोगीता माघ १४ गते देखि माघ २१ गते स्म्म काठमाडौको मुलपानी मैदानमा हुनेछ। प्रतियोगितामा १६ वटा टीमको सहभागीता रहनेछ। यस प्रतियोगिता टि-१० फर्म्याट मा खेलिनेछ र खेल का नियमहरू आईसिसिको आधिकारिक नियम अनुसार हुनेछ। टीमको सहभागिताको लागि दर्ता शुल्क रु १,००,००० (एक लाख रुपैयाँ) रहेको छ । पहिले नाम दर्ता गर्ने टिमलाई प्राथमिकता प्रदान गरिने छ । प्रत्येक टिममा ११ खेलाडी रहनेछन् जहाँ ८ खेलाडी प्लेइङ र ३ जनालाई अतिरिक्त खेलाडी को रूपमा राख्न पाइनेछ। प्रत्येक टिमले कम्तिमा ३ खेल खेल्न पाउनेछ। यस प्रतियोगिता का विजेता टिम तथा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई आकर्षक पुरस्कार सहित सम्मान गरिनेछ।
यो प्रत्योगिताका टेक्निकल डाइरेक्टर रबिन्द्र गुप्ताका अनुसार, धेरै वर्षदेखि सुपर सिक्स आउटडोर क्रीकेट प्रतियोगिता हुँदै आएको थियो, तर कोरोना पछि त्यो बन्द भएको थियो। गुप्ता भन्छन् :” अहिले कोर्पोरेट क्रीकेट भने ईन्दोर मा हुँदैछ। धेरैजसो कर्पोरेट क्षेत्रहरुले पनि सुझाव दिएका थिए। “सुपर सिक्स, आउट्डोर नै गरौं, टि-१० फर्म्याट मा गरौं, हामी साथ दिन्छौं” । त्यही कारणले नै, सबैको माग र समर्थनलाई मध्यनजर गर्दै यो प्रतियोगिता हामीले आयोजना गर्न लागेको हौं।”
नेपालभरका विभिन्न कम्पनीका कर्मचारी तथा कर्पोरेट क्षेत्रका खेलप्रेमीलाई एकै ठाउँ जुटाएर मित्रता, प्रतिस्पर्धा र मनोरञ्जनलाई जोड्ने उद्देश्य प्रतियोगितामागि रहेको आयोजकले जनाएको छ।
आयोजकले उत्कृष्ट खेलाडी र विजयी टोलिका लागि आकर्षक पुरस्कार र गिफ्ट ह्याम्परको व्यवस्था पनि गरेको छ।
टूर्नामेन्ट निर्देशक ज्योति भण्डारीका अनुसार प्रतियोगिताले कर्पोरेट क्षेत्रमा क्रिकेटको संस्कृति विस्तार गर्न सहयोग पुर्‍याउनेछ।
कर्पोरेट टि-१० क्रिकेट प्रतोयोगिताले नेपाली कर्पोरेट क्रिकेट क्षेत्र मा अर्को नयाँ स्तर थप्नेछ भन्ने हाम्रो विश्वास आयोजकले लिएको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ