काठमान्डु गोर्खाज र एक्सट्रिम इनर्जि ड्रिङ्को सम्झौता


काठमाडौं, कात्तिक २३ गते ।

काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटका लागि एक्सट्रिम इनर्जिड्रिङ्कस“ग प्रायोजन सम्झौता गरेको छ । गोर्खाजले एक्सट्रिम इनर्जिस“ग ड्रिङ्क पार्टनरको रुपमा सम्झौता गरेको हो ।
एनपीएलमा काठमान्डु गोर्खाजले जर्सीको पछाडिको भागमा एक्सट्रिम इनर्जि ड्रिङ्कको लोगो लगाएर
खेल्ने छ । काठमान्डु गोर्खाज र एक्सट्रिम इनर्जि ड्रिङ्क बीच यसका लागि सम्झौता भएको छ ।
काठमान्डु गोर्खाजका कार्यकारी निर्देशक अनुभव सिरोहिया र एक्सट्रिम इनर्जि ड्रिङ्कका महाप्रवन्धक
पवनकुमार श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका थिए । दुबैले आर्थिक पक्ष भने खुलाएका छैनन् ।
गोर्खाजका कार्यकारी निर्देशक सिरोहियाले प्रायोजक बिना एनपीएल र फ्रेन्चाइज क्रिकेट अधुरो हुने
जनाउदै एक्सट्रिम इनर्जि ड्रिङ्कको साथमा आर्थिक हिसाबमा मात्र नभई सहयोग र साथका हिसाबमा
पनि आफ्नो टोलीको मनोबल बढ्ने बताए । महाप्रवन्धक श्रेष्ठले खेलाडीलाई अतिरिक्त जोश प्रदान गर्न
काठमान्डु गोर्खाज हुदैं नेपाल प्रिमियर लिगको हिस्सा हुन लागेको जनाए ।
काठमाडौं गोर्खाजले यसअघि नै मुख्य प्रायोजकको रुपमा वल्र्ड लिंकस“ग सम्झौता गरिसकेको छ ।
टोलीको गोल्ड पार्टनरको रुपमा शिखर इन्स्योरेन्स रहेको छ । साथै टोलीको अफिसियल हस्पिटालिटी
पार्टनरमा टुलिप होटल रहेको छ ।
करण केसीको कप्तानीमा रहेको काठमान्डु गोर्खाजको टोलीका खेलाडीहरुमा भीम सार्की, साहव आलम,
रशिद खान, आदिल आलम अन्सारी, दीपेश क“डेल, सन्तोष यादव, आकाश त्रिपाठी, प्रतिक श्रेष्ठ,
तुलबहादुर थापा, उत्तम थापा रहेका छन् । टोलीले विदेशी खेलाडीमा इंग्ल्यान्डमा खेल्दै आएका रिकार्डो
भास्कोनेसेलोस, नामिबियाका कप्तान जेरहार्ड इरसमस, उत्कृष्ट लयमा रहेका अमेरिकाका मिलिन्द कुमार
र सन्नी पटेललाई लिइसकेको छ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ