
काठमाडौं, कात्तिक २३ गते ।
आयोजक पुष्पसदन आवासीय माध्यमिक विद्यालयले चौथो पुष्पसदन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको दोस्रो दिन
भ्याली भ्यु र ज्ञानोदयले चौथो पुष्पसदन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा आइतबार सफलता हात पारेका छन् ।
भ्याली भ्युले एभीएमलाई ३८–११ तथा ज्ञानोदयले ग्रिन भिलेजलाई २३–१२ ले पराजित गरे । भ्याली भ्यूका गणेश विष्टले १५ तथा ज्ञानोदयका जिरीवतले ८ अंक जोडे ।

सिनियर ब्वाइजमै मंगलले बाघभैरवलाई ४६–१४, मगसले क्रिएटिभ एकेडेमीलाई ३१–१८, एलआरआईले ल्याबोरेटरीलाई २४–२१ र स्वर्णिमले न्यु जेनिथलाई २४–१४ ले पाखा लगाए । मंगलका अनुक महर्जनले २३, मगसका सिमोन रम्जालीले १७ र स्वर्णिमका प्रतिक महर्जनले १३ स्कोर गरे ।
कीर्तिपुरस्थित आयोजक पुष्पसदनमा भइरहेको प्रतियोगिताको जुनियर ब्वाइजमा राराहिलले भ्याली भ्युलाई १७–१२ तथा लिटिल एन्जल्स (एलए) ले रेडियन्ट रिडर्सलाई १८–९ ले पन्छा।प्रतियोगितामा ३ विधामा विभिन्न विद्यालयका ५१ टिमले भाग लिएका छन् । सिनियर ब्वाइजमा १९, जुनियर ब्वाइजमा ७ र गल्र्समा २५ टिम सहभागी छन् । गल्र्सको प्रतिस्पर्धा थ्री बाइ थ्री ढाँचामा हुनेछ । फाइनल मंसिर १ गते हुनेछ ।
